आगामी अक्टोबर बाट हुने भनिएको टी–२० विश्वकप क्रिकेट भारतमा नहुने

४ बर्ष अगाडि

आईसीसी टी–२० विश्वकप क्रिकेट भारतमा नहुने भएको छ । सन् २०२१ को अक्टोबरमा भारतमा हुने भनीएको टी–२० विश्वकप क्रिकेट भारतमा नहुने भएको हो ।

भारतमा कोरोना संक्रमण उच्च भएपछी विश्वकप क्रिकेट यूएईमा हुन सक्ने ‘क्रिकइन्फो’ले जनाएको छ ।
टी–२० विश्वकपका विषयमा बीसीसीआई र आईसीसीबीच छलफल चल्दा प्रतियोगिता यूएईमा हुने सम्भावना रहेको क्रिकइन्फोले जनाएको छ ।

भारतीय क्रिकेट बोर्ड (बीसीसीआई)ले टी–ट्वाटी विश्वकपका लागि भारतका नौ भेन्युलाई मुख्य प्राथमिकतामा राखेको थियो ।

 टी–२० विश्वकपमा १६ टोलीले सहभागिता जनाउने छन् ।

 बीसीसीआईले हिजो मात्र जारी आईपीएल स्थगित गरेको छ । चेन्नईका तिन खेलाडी र कोलकाताका दुई खेलाडीमा कोरोना पोजिटिभ आएपछि खेल स्थगित गरीएको थियो । 

४ बर्ष अगाडि

प्रतिक्रिया