दोस्रो घण्टामा नेप्सेमा सामान्य अंकको गिरावट, कारोबार रकम ३ अर्ब माथि

५ बर्ष अगाडि

काठमाडौं, कारोबारको चौथो दिन (बुधवार) कारोबारको दोस्रो घण्टामा नेप्से परिसूचक ०.६६ अंकले घटेर २६५४.०३  विन्दुमा पुगेको छ । यस अवधिमा परिसूचक शून्य दशमलव शून्य ३ प्रतिशतले घटेको हो   

दुई घण्टाको अवधिमा २१४ ओटा कम्पनीको रू. ३ अर्ब १२ करोड ३५ लाख ३३ हजार बराबरको शेयर कारोबार भएको छ ।

कारोबारको दोस्रो घण्टामा रैराङ हाइड्रोपावरको शेयरमूल्य १० प्रतिशतले बढेको छ । त्यस्तै, महिला लघुवित्त, विशाल बजार कम्पनी, लिवर्टी इनर्जी, राधी विद्युत् कम्पनी, सिंगटी हाइड्रो, जोशी हाइड्रोपावर र युनियन हाइड्रोपावरको शेयरमूल्य ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । 

सोही अवधीसम्म कारोबारमा आएका १३ ओटा समूहको परिसूचकमध्ये बैंकिङ, होटल्स तथा पर्यटन, विकास बैंक, निर्जीवन बीमा, उत्पादन तथा प्रशोधन, अन्य, जीवन बीमा, म्युचुअल फण्ड र लगानी समूहको परिसूचक घटेको छ भने बाँकी व्यापार, जलविद्युत्, वित्त र लघुवित्त समूहको परिसूचक बढेको छ । 

५ बर्ष अगाडि

प्रतिक्रिया