अविश्वासको प्रस्तावमा देउवको शर्त : माधव नेपालले सांसदबाट राजीनामा दिनुपर्ने

४ बर्ष अगाडि

काठमाडौं - प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा ९माओवादी केन्द्र० का अध्यक्ष पुष्पकमल दाहाल, एमाले नेता माधव कुमार नेपाल र जसपाका अध्यक्ष उपेन्द्र यादवबीच भेटवार्ता भएको छ । 

हिजो साँझ यी चार नेताहरुबीच भएको भेटवार्तामा नयाँ सरकार गठनको विषयमा छलफल भएको उच्च स्रोतले जनाएको छ ।महाराजगञ्जस्थित् व्यापारी प्रमोद राणाको घरमा चार नेताहरुबीच भेटवार्ता भएको हो । 

हिजोमात्रै कांग्रेस पदाधिकारी बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीलाई संसदमा विश्वासको मत लिन असफल तुल्याउने निर्णय गरेको थियो । 

त्यस्तै माओवादी केन्द्रले पनि सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । प्रधानमन्त्री ओलीले यही बैशाख २७ गते विश्वासको मत लिने तयारी गरेपछि कांग्रेस र माओवादी केन्द्रले पार्टीको बैठक राखेर यस्तो निर्णय गरेका हुन् ।

प्रधानमन्त्री ओलीलाई जसरी पनि विस्थापित गर्ने निर्णयमा दाहाल र देउवामात्रै होईन, माधव नेपाल, उपेन्द्र यादव र बाबुराम भट्टराई पनि सहमत भएका छन् । 

माधव नेपाल पक्षधर सांसदहरुले ओलीलाई बहुमत पुग्न नदिनेगरि सामूहिक राजीनामा दिने तयारी गरेका छन् । हिजो भएको चार नेताबीचको भेटवार्तामा नेता नेपालले देउवालाई अविश्वासको प्रस्ताव ल्याउन सुझाएका थिए ।

तर, देउवाले पहिले सांसदबाट राजीनामा दिनुपर्ने शर्त राखेका थिए । प्रधानमन्त्री ओलीले जसपाका अध्यक्ष महन्थ ठाकुर पक्षको साथ लिएर विश्वासको मत लिने तयारीमा रहेको थाहा पाएपछि देउवाले यस्तो शर्त राखेका हुन् ।

४ बर्ष अगाडि

प्रतिक्रिया