न्याय परिषद् सचिवालय बन्द

५ बर्ष अगाडि

न्याय परिषद् सचिवालयले परिषद्का सदस्य एवं वरिष्ठ अधिवक्ता लक्ष्मीबहादुर निराला खड्काको निधनप्रति दुःख व्यक्त गर्दै परिषद् सचिवालय बन्द गर्ने निर्णय गरेको छ ।    परिषद्का सहसचिव मानबहादुर कार्कीले आज जारी गर्नुभएको प्रेस विज्ञप्तिमा निरालाको असामयिक निधनप्रति दुःख व्यक्त गर्दै आज परिषद् सचिवालय बन्द रहने उल्लेख गरिएको छ ।

 विज्ञप्तिमा दिवङ्गत आत्माको चिर शान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरिएको छ ।

पूर्वमहान्यायाधविक्तासमेत रहेका खड्कालाई कोभिड–१९ को सङ्क्रमण भएपछि सशस्त्र प्रहरी अस्पतात बलम्बुमा उपचारका लागि राखिएकोमा मङ्गलबार निधन भएको थियो । कानूनको क्षेत्रमा ५३ वर्ष योगदान दिनुभएका निराला भद्र तथा निर्भिक थिए। 

नेपालको न्यायापलिकाको विकासमा उनको ठूलो योगदान रहेको विज्ञप्तिमा उल्लेख छ ।    जनकपुरमा विंस २००० मा जन्म भई काठमाडौँ कर्मथलो बनाएका  खड्का कानून व्यवसायीका तर्फबाट २०७६ साल पुस २२ मा न्याय परिषद्मा नियुक्त भएका थिए ।

५ बर्ष अगाडि

प्रतिक्रिया