काठमाडौं, बुधवार कारोबारको पहिलो घण्टामा नेप्से परिसूचक ११.०९ अंकले बढेर २६६५.७७ विन्दुमा पुगेको छ ।
एक घण्टाको अवधिमा २०१ ओटा कम्पनीको २२ हजार १४० पटकको कारोबारमा ३१ लाख ८७ हजार ९६१ कित्ता शेयरको रू. १ अर्ब ५७ करोड ४ लाख ८१ हजार बराबरको कारोबार भएको छ ।
कारोबारको पहिलो घण्टामा महिला लघुवित्त, विशाल बजार कम्पनी, लिवर्टी इनर्जी, राधी विद्युत् कम्पनी, सिंगटी हाइड्रो र युनियन हाइड्रोपावरको शेयरमूल्य ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ ।
पहिलो घण्टामा कारोबारमा आएका १३ ओटा समूहको परिसूचकमध्ये होटल्स तथा पर्यटन, अन्य र म्युचुअल फण्ड समूहको परिसूचक घटेको छ भने बाँकी बैंकिङ, व्यापार, विकास बैंक जलविद्युत्, वित्त, निर्जीवन बीमा, उत्पादन तथा प्रशोधन, लघुवित्त, जीवन बीमा र लगानी समूहको परिसूचक बढेको छ ।
यस अवधिसम्म एनआईसी एशिया लघुवित्तको सर्वाधिक कारोबार भएको छ । उक्त कम्पनीको रू. ११ करोड २४ लाख बराबरको शेयर कारोबार भएको छ । सो अवधिसम्म कम्पनीको शेयरमूल्य रू. १ हजार ८७० मा कारोबार भइरहेको छ ।
प्रतिक्रिया