काठमाडौं - नेपाली बैज्ञानिक डाक्टर ईन्द्रदेव साहुले अमेरिकामा करिब साढे ३ करोड रुपैंया बराबरको पुरस्कार प्राप्त गरेका छन् ।
उनलाई अमेरिकाको नेशनल साईन्स फाउण्डेशनले अनुसन्धानका लागि यति ठूलो रकमको पुरस्कार प्रदान गरेको हो । उनलाई २ लाख ९७ हजार अमेरिकी डलरको पुरस्कार प्रदान गरिएको हो ।
उनले पोटासियम च्यानल एसिसरी प्रोटिन विषयमा अनुसन्धान गरेका थिए । हाल अमेरिकाको क्यान्टोकी विश्व विध्यालयमा एसिस्टेण्ट प्रोफेसरका रुपमा कार्यरत डाक्टर साहु सप्तरी महादेवाका निवासी हुन ।
प्रतिक्रिया