आजदेखि निषेधाज्ञामा थप कडाइ, उल्लंघन गर्नेलाई जरिवाना तिराइने

५ बर्ष अगाडि

आजदेखि उपत्यकामा निषेधाज्ञा उल्लंघन गर्नेलाई थप कारबाही गरीने भएको छ । 

सडकमा खटिएका सुरक्षाकर्मीले निषेधाज्ञाको उल्लंघन गर्ने, अनावश्यक हिँड्डुल गर्नेलाई कारबाही संगै जरिवाना तिराइने भएको हो। 

उल्लंघन गर्नेलाई संक्रामक रोग ऐन २०२० बमोजिम कारबाही गरिने प्रहरीले जनाएको छ । काठमाडौं उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारीको बैठकले उपत्यकाको संक्रमणको दर हेरेर थप कडाइ र कारबाही गर्ने निर्णय गरेको थियो ।

कोरोना संक्रमण र मृत्युदर उच्च भएपछी उपत्यकाका तिनै जिल्लामा हिजो देखि कढाईका साथ निषेधाज्ञा थप गरीएको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया