एजेन्सी - म्यानचेस्टर युनाइेटडले टोटनहमका स्ट्राइकर हेरी केनलाई अनुबन्ध गर्ने तयारी गरेको छ । यो सिजन सकिएपछि केनलाई अनुबन्ध गर्ने तयारी गरेकोे हो ।
लण्डन क्लव टोटनहमबाट केनलाई ९० मिलियन पाउण्डमा भित्र्याउनका लागि क्लवले अन्तिम तयारी गरेको बताइएको छ ।
पछिल्लो पटक अमेरीकी मालिक ग्लाजेरविरुद्ध खुलेरै सडकमा उत्रिएका युनाइटेडका समर्थकलाई शान्त पार्नका लागिपनि युनाइटेडले यो योजना बनाएको बताइएको छ ।
केनको अनुबन्धका प्रस्तावका बारेमा युनाइटेडले आधिकारीक रुपमा डकुमेन्ट पेश गर्ने भएको छ । टोटनहममा यो सिजनमा खाँसै राम्रै खेल्न नसकेका केनको टिमले पनि राम्रो गर्न सकेन ।
युनाइटेडमा जानका लागि केनपनि राजी देखिएको बताइएको छ ।
प्रतिक्रिया