युरोपेली च्याम्पियन्स लिग फुटबलमा पहिलोपटक म्यानचेस्टर सिटीले फाइनल यात्रा गरेको छ । पेप गार्डी ओलाको प्रशिक्षणमा रहेको सिटीले पेरिस सेन्ट जर्माइनलाई समग्रमा ४–१ ले हरायो ।
पहिलो लिगमा अघिल्लो साता २–१ ले विजयी भएको सिटीले मंगलबार दोस्रो लेग २ र ० ले जित्यो । सिटीबाट रियाद महरेजले दुबै गोल गरे ।
निकै दबाबमा रहेको पिएसजी दोस्रो हाफमा एन्जल डि मारियाले ६९ मिनेटमा रातो कार्ड खाएपछि कमजोर देखिएको थियो ।
प्रतिक्रिया