अपि पावर कम्पनीको शेयरधनी दर्ता पुस्तिका बन्द हुदै

४ बर्ष अगाडि

काठमाडौं– अपि पावर कम्पनी लिमिटेडको शेयरधनी दर्ता पुस्तिका बन्द हुने भएको छ ।

हकप्रदक शेयर निष्काशनको लागी आगामी बैशाख २९ गते बाट शेयरधनी दर्ता पुस्तिका बन्द हुन लागेको हो ।

शेयरधनी पुस्तिका बन्द हुनु हुने मिति भन्दा अघिल्लो कारोबार दिन सम्म नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा भएको कारोबार बाट कायम भएका शेयरधनीले मात्र हकप्रदक शेयका लागी आवेदन दिन पाइने हुँदा शेयरधनी तथा शेयर खरिद कर्ताहरुले सोही अनुसार गर्न कम्पनीले भनेको छ । साथै दलाल समुहले समेत कम्पनीको यँही सूचनालाई आधारमानी सिएम पोल एकाउन्टमा शेयर नराखि सम्बन्धित शेयरधनीको खातामा ट्रन्सफर गर्न कम्पनीले भनेको छ ।

कम्पनीको रु. ५६ करोड ७० लाख रकम बराबरको प्रति शेयर रु.१०० मूल्य तोकी ५६ लाख ७० हजार शेयर निष्काशनमा तथा बिक्रीमा राखेको छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया