थप ५ सँगै निषेधाज्ञा जारी गरिएका जिल्लाको संख्या ५१ पुग्यो, ३७ पूर्ण १४ आंशिक

५ बर्ष अगाडि

काठमाडौं - कोरोना भाइरसको बढ्दो संक्रमण रोक्न निषेधाज्ञा जारी गरिएका जिल्लाहरूको संख्या ५१ पुगेको छ ।

गृह मन्त्रालयले जारी गरेको सूचनामा हालसम्म ५१ जिल्लाले निषेध आदेश जारी गरिएको तीमध्ये ३७ जिल्लामा पूर्ण र १४ जिल्लामा जोखिम क्षेत्र निर्धारण गरी निषेधाज्ञा लगाइएको उल्लेख छ ।

हिजोसम्म ४६ जिल्लामा निषेधाज्ञा कायम गरिएको थियो । आजबाट पाँच जिल्ला थपिएका हुन । निषेधाज्ञा जारी गर्ने सूचीमा थप भएका जिल्लाहरूमा मुगु, बारा, सिराहा, तनहु, म्याग्दी र रोल्पा रहेका छन् । ति केही जिल्लामा आजदेखि भने केही जिल्लामा भोलिदेखि लागू हुने गरी निषेधाज्ञा जारी गरिएको छ ।

हाल देशका २० जिल्लामा ५०० भन्दा बढी सक्रिय संक्रमित भेटिएका छन् भने १४ जिल्लामा २ सय भन्दा बढी सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रलायले जनाएको छ । पहाडमा २०० सहरी इलाकामा ५०० बढी सक्रिय संक्रमित रहेमा निषेधाज्ञा लगाउने अधिकार स्थानीय प्रशासनलाई दिएको छ ।

। काठमाडौँ उपत्यकाका तीन जिल्लामा  जारी निषेधाज्ञा वैशाख २९ गतेसम्मका लागि थप गरिएको छ।

५ बर्ष अगाडि

प्रतिक्रिया