काठमाडौं - अपि पावर कम्पनी लिमिटेडले हकप्रद सेयर निष्कासन गर्ने प्रयोजनार्थका लागि बुकक्लोज मिति तोकेको छ ।
कम्पनीको हकप्रद सेयर निष्कासन गर्ने प्रयोजनका लागि वैशाख २९ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको हो । त्यसैले, वैशाख २८ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र उक्त हकप्रद सेयरमा आवेदन दिन सक्नेछन् ।
कम्पनीले १ बराबर ०.२९३८ को अनुपातमा ५६ करोड ७० लाख रुपैयाँ बराबरको ५६ लाख ७० हजार कित्ता हकप्रद सेयर निष्कासन गर्न सेबोनबाट वैशाख १९ गते, आइतबार अनुमति पाएको छ ।
कम्पनीको उक्त हकप्रद सेयरमा निष्कासन तथा बिक्री प्रबन्धकको काम मुक्तिनाथ क्यापिटल लिमिटेडले गर्नेछ ।

प्रतिक्रिया