काठमाडौं– एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको आरएमडीसी लघुवित्त संस्था लिमिटेडको संस्थापक तर्फको शेयर बिक्री गर्ने भएको छ ।
कम्पनीले प्रतिकित्ता रु.४०८ मूल्य तोकी ४ लाख ५८ हजार २५५ कित्ता शेयर बिक्रीमा राखेको छ । शेयर खरिद वर्तमान शेयर सदस्य तथा इच्छु व्यक्तिले खरिद गर्न सक्ने छन् ।
आज ( बैशाख २२ गते) बाट आगामी बैशाख २८ गते सम्म शिलबन्दी बोलपत्र पेश गर्न सकिने छ ।
आफूले लिन चाहेको शेयर कित्ता संख्या र दर रेट तोकी श्री एनआईसी एशिया क्यापिटलको कार्यालय बबरमहल काठमाडौंमा बुझाउन सकिने कम्पनीले भनेको छ ।
प्रतिक्रिया