भारतसहित विश्वका २१ मुलुकमा रहेका ३ सय ८३ नेपालीको कोरोनाबाट मृत्यु, सबभन्दा धेरै कहाँ ?

५ बर्ष अगाडि

काठमाडौं - विश्वका विभिन्न देशहरूमा अहिले सम्म ३ सय ८३ जना नेपालीको कोरोना भाइसको सङ्क्रमणबाट मृत्यु भएको छ । त्यै ४ हजार ४ सय ९८ जना नेपाली कोरोना भाइरस सँग संघर्ष गरिरहेका छन् । 

महामारी सुरु भएयता ८६ हजार ६ सय ८१ संक्रमित भएका छन् । सबैभन्दा बढी प्रवासीको मृत्यु साउदी अरबमा भएको छ । त्यहाँ ९० जनाको मृत्यु भएको छ । त्यस्तै, बेलायतमा ८७ जनाको मृत्यु भएको छ । भारतमा ७१, युएईमा ५०, कतारमा २२ र कुवेतमा १९ जनाको मृत्यु भएको छ । 

अमेरिकामा १८, पोर्चुगलमा ४, मलेसियामा ३, बहराइनमा ३, दक्षिण अफ्रिकामा २ जनाको मृत्यु भएको गैरआवासीय नेपाली संघको तथ्यांक छ । 

त्यस्तै, जर्मनी, आयरल्यान्ड, लक्जमबर्ग, स्विडेन, नेदरल्यान्ड, टर्की, केन्या, अल्जेरिया, युगान्डा, इजरायल, यमन, जापान र क्यानडामा एक–एक नेपालीको मृत्यु भएको छ । 

भारतमा दुई सातामा ३० नेपालीको कोरोना संक्रमणकै कारण मृत्यु भएको छ । गैरआवासीय नेपाली संघका अनुसार मे २ ९गत आइतबारसम्म० को तथ्याङ्कअनुसार एक साता मात्रै भारतमा १० जना नेपालीको मृत्यु भएको हो । त्यसभन्दा अघिल्लो साता भारतमा २० नेपालीको कोरोना संक्रमणकै कारण मृत्यु भएको थियो ।

गैरआवासीय नेपाली संघका अनुसार भारतमा मात्रै कोरोनाका कारण ७१ नेपालीको मृत्यु भइसकेको छ । अहिलेसम्म भारतमा रहेका २० हजारभन्दा बढी नेपालीलाई कोरोना संक्रमण भएको छ । तीमध्ये १७ हजारभन्दा बढी कोरोनामुक्त भएका छन् । तीन हजार अहिले पनि संक्रमित छन् । 

एनआरएनको स्वास्थ्य समितिका अनुसार भारतसहित विश्वभर २१ मुलुकमा रहेका तीन सय ८३ जना नेपालीको कोरोनाका कारणले मृत्यु भएको छ । 
 

५ बर्ष अगाडि

प्रतिक्रिया