सीइडीबी हाइड्रोको आईपिओमा १७ लाख भन्दा बढी आवेदन

५ बर्ष अगाडि

काठमाडौं, सीइडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको आईपिओमा १७ लाख भन्दा बढीले आवेदन दिएको छन् । आवेदन दिने अन्तिम दिन मंगलबार साँझ ५ बजेसम्म १७ लाख ३६ हजार ७०० आवेदकबाट २ करोड ६३ लाख ४५ हजार ५०० कित्ता सेयरको लागि आवेदन  परेको सडिीएस एनड क्लियरीङ लिमीटेडले जनाएको छ ।

कम्पनीले  वैशाख ३१ गतेदेखि  प्रतिकित्ता १०० रुपैयाँ अंकित मुल्यमा २५ करोड १८ लाख २३ हजार रुपैयाँ बराबरको २५ लाख १८ हजार २३० कित्ता साधारण सेयर बिक्री खुला गरेको थियो । जसमध्ये २ प्रतिशत अर्थात् ५० हजार ३६५ कित्ता सेयर कर्मचारीका लागि र ५ प्रतिशत अर्थात् १ लाख २५ हजार ९११ कित्ता सेयर सामूहिक लगानी कोषलाई छुट्ट्याएर बाँकी २३ लाख ४१ हजार ९५४ कित्ता सेयर सर्वसाधारणका लागि बिक्री खुला गरेको हो ।


कम्पनीले जारी पुँजी ८३ करोड ९४ लाख १० हजार रुपैयाँको ३० प्रतिशतले हुने २५ करोड १८ लाख २३ हजार रुपैयाँ बराबरको आईपीओ निष्कासन गरेको हो ।

धितोपत्र निष्कासन तथा बाँडफाँड नियमावली अनुसार १० कित्ताको दरले सेयर बाँडफाँड गर्दा  २ लाख ३४ हजार १९५ आवेदकले १० कित्ता सेयर पाउनेछन् भने ४ जनालाई थप १ कित्ता भाग आउनेछ । १७ लाख ३४ हजार आवेदक मध्ये १५ लाख बढी आवेदको भने हात खालि हुनेछ ।
 

५ बर्ष अगाडि

प्रतिक्रिया