उपत्यकामा एकैदिनमा ३ हजार ८९३ जनामा संक्रमण पुष्टि

५ बर्ष अगाडि

काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ३ हजार ८९३ जना कोरोना संक्रमित थपिएका छन्। 

मंगलबार सात हजार ६६० जनामा संक्रमण पुष्टि हुँदा उपत्यकाभित्रका तीन जिल्लामध्ये काठमाडौंमा दुई हजार ७७९, ललिपुरमा ६०१ र भक्तपुर जिल्लामा ५१३ जनामा संक्रमण देखिएको हो। 

पछिल्लो २४ घण्टामा १६ हजार ७०२ जनाको कोरोना परीक्षण गरिएको थियो। 

आज थपिएका सात हजार ६६० संक्रमितमध्ये सबैभन्दा धेरै ३० देखि ३९ वर्षका एक हजार ९७४ जना छन् भने त्यसपछि २० देखि २९ वर्षका एक हजार ८९२ जना छन्।
 

५ बर्ष अगाडि

प्रतिक्रिया