कोरोना संक्रमित र मृतकको संख्यामा नयाँ रेकर्ड : ७ हजार ६६० जनामा संक्रमण, ५५ जनाको मृत्यु

५ बर्ष अगाडि

काठमाडौं, बितेको २४ घण्टामा नेपालमा थप ७ हजार ६६० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यस्तै ५५ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यसअघि सोमबार देशभर  ७४४८ जनामा संक्रमण पुष्टि भएको थियो । 

मन्त्रालयका अनुसार बितेको २४ घण्टामा पीसीआर विधिबाट १६ हजार १३१ जनाको परीक्षण गर्दा ७ हजार ५८७ जनामा संक्रमण पुष्टि भएको छ भने एन्टिजेन विधिबाट ५७१ जनाको परीक्षण गर्दा ७३ जनामा संक्रमण पुष्टि भएको छ । 

यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या ३ लाख ५१ हजार ५ पुगेको छ भने निको हुनेको संख्या २ लाख ८७ हजार ७९० पुगेको छ । यस्तै मृतकको कुल संख्या ३ हजार ४१७ पुगेको छ । 

५ बर्ष अगाडि

प्रतिक्रिया