नीति अनुसन्धान प्रतिष्ठानलाई सरकारको हस्तक्षेप हुदैन: प्रमओली

७ बर्ष अगाडि

काठमाडौं – प्रधानमन्त्री केपीशर्मा ओलीले नीति अनुसन्धान प्रतिष्ठानलाई सरकारको तर्फबाट कुनै दबाबवा हस्तक्षेप नहुने बताउनुभएको छ ।

आज सिंहदरबारमा आयोजित नीति अनुसन्धान प्रतिष्ठानको परिचयात्क बैठकलाई सम्बोध नगर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको हो ।

प्रधानमन्त्री ओलीले देश विकासको नीतितर्जुमागर्न अनुसन्धानमुलक र तथ्य ढंगले जानकारी ल्याउने उद्धेश्यले गठन गरिएको प्रतिष्ठानलाई कुनै कोणबाट सरकारले असहयोग नगर्ने स्पष्ट पार्नुभएको छ । “

प्रतिष्ठानले स्वतन्त्र ढंगले अनुन्धान गरेर ल्याएको प्रतिवेदनमा हस्तक्षेप गर्ने ठाउँ कहाँ हुन्छ र ” प्रधानमन्त्री ओलीले भन्नुभयो “आवश्यक ठाउँमा राय सुझाव सहित सरकारले त्यसलाई ग्रहण गर्छ ।”

प्रधानमन्त्री ओलीले विकासले गतिलिन नसकेकोमा असन्तुष्टि व्यक्त गर्नु भएको छ । मन्त्रालयका सचिब र केहीमन्त्रीहरु सहित आयोजना गरिएको बैठकमा प्रधानमन्त्री ओलीले सरकारका नौ महनिामा सोचे जस्तो विकास हुननसकेकोमा असन्तुष्टी व्यक्त गर्नुभयो । विकास निर्माण अघि नबढ्नुमा नीतिगत समस्या पनि कारक रहेको प्रधानमन्त्री ओलीको भनाइ छ ।

“विकासलाई बाधा पु¥याउने नीतिहरु कहाँकहाँ छन् तिनलाई सच्याउनु पर्दछ” प्रधानमन्त्री ओलीले भन्नुभयो ।  प्रतिष्ठानलाई सम्पूर्ण मन्त्रालय,राष्ट्रिय योजनाआयोग,विश्वविद्यालयहरुसँग समन्वय गरेर समग्र राष्ट्रिय नीति निर्माण गर्न प्रधानमन्त्री ओलीले आग्रह गर्नुभएको छ । 

 “सरकारले कमखर्च बढी प्रतिफलदिने नीतिलिएको छ” प्रधानमन्त्री ओलीले भन्नुभयो “हाम्रो ध्येय भनेको सुशासन र विकास हो । यसमा सघाउ पुग्ने गरी सबैको योगदान हुनुपर्दछ । ”
 बैठकमा प्रतिष्ठानका अध्यक्ष चैतन्य मिश्रले प्रतिष्ठानको उद्धेश्य र भावीकार्यक्रम बारे कार्यपत्र प्रष्तुत गर्नुभएको थियो ।

७ बर्ष अगाडि

प्रतिक्रिया