मध्य भोटेकोशी जलविद्युत कम्पनीले निष्काशन गरेको आईपिओको आवेदन ईसेवाबाट दिन सकिने भएको छ । कम्पनिले निषेधाज्ञाका कारण असहज भएपछि इसेवाबाट नै आईपिओमा आवेदन दिन सकिने ब्यबस्था गरिएको हो ।
बिक्रि प्रबन्धक ग्लोबल आईएमई क्यापिटलका अनुसार सिन्धुपाल्चोक मै स्थायी बसोबास गरिरहेका र डिम्याट खाता हुनेहरुले ईसेवाबाट नै आवेदन दिन सक्ने छन् । यसको लागि इसेवामा रहेको MBJCL - IPO (Local People) अप्सन छान्नु पर्ने छ । त्यस पछि सिन्धुपाल्चोकवासी भएको क्लिक गरेपछि आफ्नो नाम, ठेगाना, डिम्याट नम्बर, नागरिकता नम्बर, आवेदन दिने कित्ता हाल्नु पर्ने छ । त्यस्तै आईपिओ नपरेको पैसा इसेवा मै आउने कि बैंकमा आउने भन्ने छान्नु पर्छ । बैंकमा आउने भए बैंकको विवरण हाल्नु पर्छ । त्यसपछि प्रोसिड क्लिक गरि आवेदन दिन सकिन्छ। ईसेवाबाट भरेको भौचर भने ग्लोबल आईएमई क्यापिटललाई मेल मार्फत पठाउनु पर्ने छ ।
डिम्याट नभएकाको हकमा र बसाईसराई गरेका तर आईपिओमा आवेदन दिन योग्य रहेकाको हकमा भने आवेदन दिनको लागि अर्को ब्यबस्था गरिने क्यापिटलले जनाएको छ । क्यापिटलका अनुसार आज बेलुकासम्ममा क्यापिटलको वेबसाइट बाट नै डिम्याट नभएकाको हकमा र बसाईसराई गरेका तर आईपिओमा आवेदन दिन योग्य रहेकाले अनलाइन बाट नै आवेदन दिन सक्ने छन् ।
मध्य भोटेकोशीले आज बैशाख २१ गतेदेखि आयोजना प्रभावित स्थानीय वासिन्दाको लागि आईपिओ निष्काशन बिक्रि खुला गरेको छ । कम्पनीले आयोजना प्रभावित स्थानीयलाइ ६० करोड बराबरको ६० लाख कित्ता शेयर निष्काशन गरेको हो।
प्रतिक्रिया