आ.व. २०७३÷७४ मा व्यक्तिगत आय अन्तर्गत सबैभन्दा बढी आम्दानी कर बुझाउने सिद्धार्थ शमशेर जबरा र कम्पनि अन्तर्गत सिप्रदी ट्रेडिङ्ग प्रा.लि., काठमाडौँमा आयोजित एक कार्यक्रमका बीच सम्मानित भएका छन। सिद्धार्थ शमशेर जबरा सिप्रदी ट्रेडिङ्ग प्रा.लि का कार्यकारी अध्यक्ष हुन।
सातौ राष्ट्रिय कर दिवसका अवसरमा काठमाडौँमा आयोजित एक कार्यक्रममा सिप्रदी र सिद्धार्थ शमशेर जबरा लाई आन्तरिक राजश्व विभागले उक्त सम्मान गरेको हो। सिद्धार्थ आ.व. २०६८÷६९ देखि आ.व. २०७३÷७४ सम्म लगातार ५ वर्ष उक्त सम्मान हासिल गर्न सफल भएका छन भने उनको कंम्पनि सिप्रदी पनि आ.व. २०६९÷७० देखि आ.व. २०७३÷७४ सम्म लगातार ४ वर्ष उक्त स्थान ओगट्न सफल रहेको छ।
सिप्रदी ट्रेडिङ्ग प्रा.लि. का कार्यकारी अध्यक्ष हुनुका साथै, सिद्धार्थ शमशेर जबरा ले नेपालमा विभिन्न किसिमका व्यवसायहरुलाई संगठित एवं विस्तारित गराउन उल्लेख्य भूमिका निर्भाह गरेका छन्। नेपाली कर्पोरेट जगतमा एक युवा आयाम मानिने सिद्धार्थ, सन् २००१ मा विश्व आर्थिक फोरम, डावोस द्वारा “ग्लोबल लिडर फर टुमरो” का रूपमा सम्मानित भएका थिए।
राणा शिक्षा, आर्थिक विकास, सम्पदा सुरक्षा र वन्यजन्तु संरक्षणका क्षेत्रमा आफुलाई एक प्रतिबद्द व्यक्तित्वका रूपमा चिनाउन सफल रही आएका छन्। नेपालका ग्रामिण भेगमा स्वास्थ्य र शिक्षा क्षेत्रमा कार्यरत “हेल्प नेपाल नेटवर्क” लाई उनले व्यक्तिगत रूपमा सबै भन्दा धेरै एकल(दान प्रदान गरेका छन्। बिगत ७ वर्षमा पाचौ पटक अधिक्तम आय(कर बुझाउने ताज राणाले पहिरिएका छन्।
सिप्रदीले विगत ३७ वर्ष देखि नेपालमा सवारी र सहयोगी व्यवसायमा प्रमुख भुमिका निर्बाह गर्दै आइरहेको छ। नेपालका लागि भारतको टाटा मोटर्स लि. को एक मात्र आधिकारिक बिक्रेता रही आएको कम्पनिले “म्याक्स लुब्रिकान्ट्स” , “मिसेलिन टायर्स” , “एक्साइड ब्याट्री” , “टाटा हिटाची” जस्ता अन्य उत्पादनहरुको पनि बिक्रि तथा वितरण गर्दै आएको छ ।
सन् २०१७ मा आन्तरिक राजश्व विभागले नेपालमा पहिलो पटक केन्द्रिय मौद्रिक बिलिंग प्रणालीलाई आत्मसाथ गर्ने र कारोबार विवरण सरकारी निगरानी प्रणालीमा ल्याउने कम्पनीको रूपमा पनि सिप्रदि लाई सम्मान गरेको थियो।
प्रतिक्रिया