उपत्यकामा निषेधाज्ञा थप कडाइका साथ लम्बिने

५ बर्ष अगाडि

काठमाण्डौ उपत्यकाको निषेधाज्ञा थप हुने भएको छ । वैशाख १६ मा जारी भएको  निषेधाज्ञा भोली सकिने भएतापनि जारी लाई एक साता लम्ब्याइने भएको हो  ।

थप कडाइका साथ  निषेधाज्ञा लम्ब्याउन लागिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुली बताए । 

कोरोना सङ्क्रमणको जोखिम अझै बढ्दै गएकाले अहिलेको भन्दा कडा प्रावधानसहित निषेधाज्ञा लम्ब्याउने तयारी भएको पराजुली बताए  

यता अत्यावश्यक कामका लागि सवारी पास लिएका भन्दा आफूखुसी सवारीसाधन चलाउनेको सङ्ख्या बढेको जानकारी महानगरीय ट्राफिक  प्रहरी महाशाखाले दिएको  छ ।

निषेधाज्ञा उल्लङ्घन गर्ने सवारी कारबाहीको  सङ्ख्या करिब दुई हजार पुगेको छ । काठमाडौँ  उपत्यकाको  चाबहिल, कोटेश्वर, बल्खु, बानेश्वर, भद्रकाली, न्युरोड गेट, केशरमहल र  कलङ्कीलगायतका क्षेत्रमा  बिहानको  समयमा ट्राफिक  जाम  हुने  गरेको  छ । जामका  कारण सुरक्षाकर्मीलाई  समेत  अत्यावश्यक  सवारीसाधन हो वा होइन, पहिचान गर्न समस्या देखिएको छ ।

यसैबीच काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद  पराजुलीले निषेधाज्ञामा अत्यावश्यकबाहेकका अन्य सवारीसाधन सञ्चालनमा पूर्ण रोक लगाउने विषयमा छलफल भइरहेको बताए ।

५ बर्ष अगाडि

प्रतिक्रिया