सरकारी वकिल अख्तियारको फन्दामा

७ बर्ष अगाडि

 

अख्तियार दुरुपयोग अनुसन्धानको कार्यालय वुटवलले जिल्ला सरकारी वकिलको कार्यालय रुपन्देहीवाट जिल्ला न्यायधिवक्ता कोषहरी निरौलालाई मंगलवार सेवाग्राही संग घुस लिदै गर्दा पक्राउ गरेको छ ।

मंगलवार विहान ११ बजे सरकारी वकिलको कार्यालयमा सेवा ग्राही संग घुस लिदै गर्दा नियन्त्रणमा लिएको अख्तियार दुरुपयोग अनुसन्धानको कार्यालय वुटवलले जानकारी दिएको छ ।

उनले  ८० हजार रुपैया घुस लिएर कार्यकक्षमा ने गनिरहेको बेलामा सेवाग्राहीको सुचनाका आधारमा पुगेका अख्तियार दुरुपयोग अनुसन्धानको कार्यालय वुटवलको टोलिले पक्राउ गरेको हो ।

अख्तियार दुरुपयोग अनुसन्धानको कार्यालय वुटवलले अनुसन्धान भैरहेकाले थप जानकारी दिन नमिल्ने बताएको छ ।

७ बर्ष अगाडि

प्रतिक्रिया