सरकारले सबै आन्तरिक हवाई उडान बन्द गरेको छ । सोमबार राती देखि लागु हुने गरी आन्तरिक उडान बन्द गर्ने मन्त्रीपरिषद्ले निर्णय गरेको छ ।
आइतबार साँझ बसेको मन्त्रिपरिषद बैठकले अर्को सूचना नआएसम्मका लागि हवाई उडान स्थगित गर्ने निर्णय गरेको हो ।
अन्तराष्ट्रिय उडान वैशाख २३ गते रातिबाट बन्द गर्ने निर्णय गरेको छ ।
तर, आपत्कालीन उद्धार तथा हेलिकप्टर चार्टरलाई भने अनुमति दिन सकिने सरकारको भनाइ छ । पछिल्लो समय बढ्दो कोरोना संक्रमणका कारण हवाई उडान स्थगित गर्नुपरेको हो ।
प्रतिक्रिया