आजबाट चौबीसै घण्टा गल्ली र टोल–टोलमा सुरक्षाकर्मी

५ बर्ष अगाडि

काठमाडौं– कोरोना भाइरसको सङ्क्रमण नियन्त्रणका लागि सुरक्षाकर्मीको व्यापक परिचालन गरिने भएको छ ।

सोमबार देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले आजदेखि चौबीसै घण्टा गल्ली र टोल–टोलमा सुरक्षाकर्मी खटाइने घोषणा गरेका हुन्  ।  

प्रधानमन्त्री ओलीले जनस्वास्थ्यका मापदण्ड पालनाको नेतृत्व गृह मन्त्रालयले र जनचेतनाको नेतृत्व सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले गर्ने तथा परीक्षण, उपचार तथा अन्य विषय स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले र खोप आयातको नेतृत्व परराष्ट्र मन्त्रालयले गर्ने पनि जानकारी दिए ।

साथै सरकारले अवकाश प्राप्त चिकित्सकलाई एक वर्षका लागि करारमा लिने समेत बताएका छन् । यसका साथै स्वास्थ्यकर्मी, चालक, सहचालक, सफाइकर्मीलगायत कोरोना नियन्त्रणमा खटिनेहरूलाई सुरुको तलब स्केलको ५० प्रतिशतले हुन आउने रकम बराबर प्रोत्साहन भत्ता दिने पनि घोषणा गरेका छन् । 
 

५ बर्ष अगाडि

प्रतिक्रिया