सोमबार नेप्सेमा दोहोरो अंकको करेक्शन, कारोबार रकम साढे ७ अर्ब माथि

५ बर्ष अगाडि

काठमाडौं- कारोबारको दास्रो दिन (सोमबार) नेपाल स्टक एक्सेन्च (नेप्से)  परिसूचक दोहोरो अंकले घटेको छ । आइतबार र गत बिहीबार गरेर झण्डै ८० अंक उकालो लागेको बजार सोमबार दोहोरो अंकले ओरालो लागेको हो ।

सोमबार नेप्से परिसूचक १२.३५ अंकले घटेर २६५२.७५ मा झरेको छ । 

कारोबारको अन्तिम समय सम्म शेयर बजार  दोहोरो घटेपनि यसदिन ७ अर्ब ५२ करोड ९२ लाख बराबरको शेयर कारोबार भएको छ ।

सोमबार कारोबार भएका समूहमध्ये दुई वटा समूह बढेका छन् भने अन्य सबै समूह घटेका छन् । त्यस्तै, आजको बजारमा ५ कम्पनीको शेयर सकारात्मक सर्किट मूल्यमा कारोबार भयो । नेशनल माइक्रोफाइनान्स वित्तिय संस्था, बिशाल बजार कम्पनी, महिला लघुवित्त वित्तिय संस्था, ङादी ग्रप पावर लिमिटेड, सिंगटी हाइड्रो इनर्जी कम्पनी, रु रु जलविद्युत परियोजनाको मूल्य उच्चदरले बढेको हो ।

५ बर्ष अगाडि

प्रतिक्रिया