छिमेक लघुवित्तको संस्थापक शेयरमा आवेदन दिने म्याद थप

५ बर्ष अगाडि

काठमाडौं- छिमेक लघुवित्त वित्तीय संस्थाको लिलामीमा रहेको संस्थापक शेयरमा आवेदन दिने म्याद थप भएको छ ।

बैंक अफ काठमाण्डूले आफ्नो स्वामित्वमा रहेको छिमेकको २ लाख कित्ता संस्थापक शेयर वैशाख १४ गतेदेखि वैशाख २१ गतेसम्म आवेदन दिन पाउनेगरी लिलामीमा ल्याएको थियो ।

बैंकले निषेधाज्ञा सकिएको ५ कार्यदिनसम्म लिलामीमा आवेदन गर्न पाइने व्यवस्था गरेको छ ।

छिमेकको लिलामी शेयरमा विद्यमान संस्थापक शेयरधनी तथा सर्वसाधारण तथा योग्य संघसंस्थाले न्यूनतम प्रतिकित्ता ६०० रुपैयाँ तोकेर आवेदन दिन सक्नेछन् ।

५ बर्ष अगाडि

प्रतिक्रिया