काठमाडौं- कारोबारको दास्रो दिन (सोमबार) नेपाल स्टक एक्सेन्च (नेप्से) परिसुचक १२.३६ अंकले ओरालो लागेर २६५२.७२ को बिन्दुमा पुगेको छ ।
आज कारोबारको अन्तिम समयसमम्म नेप्सेमा ७ अर्ब ५२ करोड रुपैंया बराबरको कारोबार भएको छ ।
सोमबार नेप्सेमा अपि पावर कम्पनीले सार्वधिक कारोबार गर्दै उच्च स्थानमा रहेको छ । अपि पावरले ३९ करोड ३५ लाख रुपैंया बराबरको शेयर कारोबार गरेको छ । यस्तै, दास्रो स्थानमा नेपाल रिइन्स्युरेन्स कम्पनी लिमिटेड रहेको छ । नेपाल रिइन्स्युरेन्सले २९ करोड ७४ लाख रुपैंया बराबरको कारोबार गरेको छ ।
यसैगरी, ग्रामीण विकास लघुवित्त वित्तिय संस्थाले २८ करोड ५२ लाख रुपैंया बराबरको कारोबार गर्दै तस्रो स्थानमा रहेको छ ।
यस्तै, क्रमश जलविद्युत इन्भेस्टमेन्ट, नेपाल क्रेडिट र कर्मश बैंक,निफा,अपर तामाकोशी,नबिल, हिमालयन डेस्टिलरी र नेपाल दुरसञ्चार रहेका छन ।
प्रतिक्रिया