काठमाडौं- रुरु जलविद्युत परियोजना लिमिटेडको आज देखि दोस्रो बजारमा शेयर कारोबार सुरु भएको छ ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले पहिलो कारोबारका लागि न्युनतम ११८ रुपैयाँ ८४ पैसादेखि अधिकतम ३५६ रुपैयाँ ५२ पैसासम्मको कारोबार रेञ्ज प्रदान गरेकोमा कम्पनीको शेयर अधिकतम कारोबार रेञ्ज ३५६ रुपैयाँमा नै पहिलो कारोबार खुला भएको हो ।
सोमबार यो समाचार पार्ने समयसम्म कम्पनीको शेयर २१ रुपैयाँ बढेर ३७७ रुपैैंयामा पुगेको छ ।
कुल ४ लाख ६० हजार ९४० कित्ता शेयरको माग रहेको कम्पनीको शेयर खरीदका लागि अधिकतम कारोबार रेञ्जमा प्रतिकित्ता ३८४ रुपैयाँमा रहेको छ ।
प्रतिक्रिया