काठमाडौं - करिब डेढ किलो सुनसहित ५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १ किलो ३ सय ९७ ग्राम सुनसहित उनीहरूलाई नियन्त्रणमा लिएको हो।
उनीहरूले टर्च लाइट र स्पिकरको भित्र पट्टी अवैध तरिकाबाट ल्याएको राखेर सुन ल्याएका थिए । सबै जना वैदेशिक रोजगारीमा गएर फर्किएको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेहरूमा सुमित तामाङ, जनक खड्का, यमलाल खनाल, राजु विक र धनबहादुर तामाङ रहेका छन् । उनीहरू सोमबार बिहान विभिन्न फ्लाइटबाट विमानस्थलमा ओर्लिएका हुन् । सुन तस्करले उनीहरूलाई भरिया बनाएर विदेशबाट सुन पठाएको खुलेको छ ।
प्रतिक्रिया