तेस्रो घण्टा : नेप्सेमा दोहोरो अंकको गिरावट, कारोबार रकम साढे ५ अर्ब नजिक

५ बर्ष अगाडि

काठमाडौं- कारोबारको दास्रो दिन (सोमबार) नेपाल स्टक एक्सेन्च (नेप्से) मा कारोबारको तेस्रो घण्टा सम्म आउँदा दोहोरो अंकको गिरावट आएको छ । 

कारोबार सुरु भएको ३ घण्टामा नेप्से परिसुचक १२.४५ अंकले घटेर २६५२.६६ को बिन्दुमा पुगेको छ । 
 
सोही अवधीसम्म कारोबारका सबै उपसमुहमध्ये  उपसमुह मात्र बढेका छन भने बाँकी ९ उपसमुह ओरालो लागेका छन ।

दुई बजेसम्म कारोबारमा आएका २१६ कम्पनीको १ करोड ११ लाख ७३ हजार ५०७ कित्ता शेयर ६५ हजार ८१४ पटक किन बेच हुदाँ ५ अर्ब ४६ करोड ३ लाख रुपैंया बराबरको कारोबार भएको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया