आइपीएल : आजको खेल रद्द

४ बर्ष अगाडि

एजेन्सी - कोरोनाको कहरको असर अब आईपीएलमा पनि परेको छ । सोमबार राति हुने कोलकाता नाइट राइडर्स तथा बेंगलोरको खेल नै रद्द भएको छ ।

कोलकाताका दुई खेलाडीमा कोरोना पोजिटिभ पएपछि उक्त निर्णय लिइएको हो । इपीएलको १४ औं संस्करणको ३० औं खेलमा सोमबार अहमदाबादमा रोयल च्यालेञ्जर्स बेंगलोरको सामना कोलकाता नाइट राइडर्ससंग हुनु पर्ने थियो ।

यो खेल आज राति ७ बजेर ४५ मिनेटदेखि प्रारम्भ हुनु पर्ने थियो । चेन्नई तथा मुम्बईका चरणहरुमा सबै खेलहरु पुरा भए । यद्यपि, अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा यो संस्करणको ३० औं खेल हाललाई रद्द गरिएको छ ।

पछिल्ला केही सप्ताहदेखि भारतमा संक्रमणको दर हरेक दिन तीन लाखभन्दा बढी देखिएको छ । यसक्रममा प्रतिदिन चार लाखभन्दा बढी केशहरु समेत पाइयो ।

आधिकारिक तथ्यांकका अनुसार हरेक दिन ज्यान गुमाउनेहरुको संख्या पनि तीन हजार भन्दा बढी छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया