दोस्रो घण्टा : नेप्सेमा १२.५८ अंकको वृद्धि, अपि पावरको सर्वाधिक कारोबार

५ बर्ष अगाडि

काठमाडौं- कारोबारको  दोस्रो दिन सोमवार कारोबारको दोस्रो घण्टामा नेप्से परिसूचक १२.५८ अंकले बढेर २६७७.६८ विन्दुमा पुगेको छ । यस अवधिमा परिसूचक ०.४७ प्रतिशतले बढेको हो ।  

सो अवधिमा २१४ ओटा कम्पनीकोे रू। ३ अर्ब ५४ करोड २५ लाख २२ हजार बराबरको शेयर खरीदविक्री भएको छ ।

कारोबारको दोस्रो घण्टामा महिला लघुवित्त, विशाल बजार कम्पनी, सिंगटी हाइड्रो, ङादी ग्रुप पावर र नेशनल माइक्रोफाइनान्सको शेयरमूल्य ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । 

यस अवधिसम्म अपि पावर कम्पनीको सर्वाधिक कारोबार भएको छ । उक्त कम्पनीको रू.२१ करोड ४८ लाख बराबरको शेयर कारोबार भएको छ । सो अवधिसम्म कम्पनीको शेयरमूल्य रू.३७५ मा कारोबार भइरहेको छ ।
 

५ बर्ष अगाडि

प्रतिक्रिया