काठमाडौं- कारोबारको दोस्रो (सोमबार) नेपाल स्टक एक्सेन्च (नेप्से) परिसुचक कारोबारबको पहिलो घण्टामा दोहोरो अंकले बढेको छ ।
कारोबार सुरु भएको १ घण्टामा नेप्से परिसुचक १३.८५ अंकले बढेर २६७८.९५ को बिन्दुमा पुगेको छ ।
सोही अवधीसम्म कारोबारका सबै उपसमुहमध्ये विकास बैंक समुह र म्युच्युल फण्ड ओरालो लागेका छन भने बाँकी उपसमुह बढेका छन ।
१२ बजेसम्म कारोबारमा आएका २०१ कम्पनीको २३ लाख २९ हजार ५१८ कित्ता शेयर २० हजार १३४ पटक किन बेच हुदाँ १ अर्ब २६ करोड ९० लाख रुपैंया बराबरको कारोबार भएको छ ।
प्रतिक्रिया