काठमाडौं- साताको दोस्रो (सोमबार) प्रि ओपनिङ्ग सेसनमा नेप्से परिसुचक ११.३५ अंकको वृद्धि भएको छ । नेप्से ११.३५ अंकले बढेर २६७६.४६ को बिन्दुमा पुगेको छ ।
नेप्सेको प्रि ओपनिङ्ग सेसनमा आज ५२ कम्पनीको शेयर कारोबार भएको छ । जसमध्ये २९ कम्पनीको शेयरमूल्य बढेको छ भने १२ कम्पनीको शेयरमूल्य घटेको छ । ८ कम्पनीको मूल्य स्थीर रहेको छ ।
यस समयमा ५१ कम्पनीका १६ हजार २६ कित्ता शेयर ३०१ वटा कारोबारबाट ९८ लाख ७१ हजार २९७ रुपैयाँमा खरीद बिक्री भएका छन् ।
प्रतिक्रिया