लुम्बिनी प्रदेशमा महिला साँसदमाथी हातपात गर्ने नेपाल प्रहरीका डिआईजी प्रदेश प्रहरी प्रमुख रबिन्द्र धानुकलाई कारबाही गर्न साँसदहरुले माग गरेका छन् ।
माओवादी केन्द्र, नेपाली कांग्रेस, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको गठबन्धनले सोमबार संयुक्त पत्रकार सम्मेलन गर्दै डिआईजी धानुकलाई निलम्बन गर्न माग गरेका हुन् ।
मुख्यमन्त्रीको सपथ रोक्न धर्नामा बसेका महिला सांसदमाथि प्रदेश प्रहरी प्रमुख धानुकले बल प्रयोग र महिला हिंसा गरेको उनीहरुको आरोप छ ।
डीआईजी धानुक आफैं प्रत्यक्ष संलग्न भएर महिलालाई हातपात र दुर्व्यवहार गरेकाले निलम्बन गर्नुपर्ने विपक्षीको माग छ । धानुकविरुद्ध कानूनी उपचार पनि खोज्ने नेपाली कांग्रेसका सचेतक निर्मला क्षेत्रीले बताइन् ।
लुम्बिनी प्रदेशमा एमाले बाहेकका दलले ४२ सांसदको हस्ताक्षरसहित सरकारमा दावी पेश गर्दागर्दै ३७ जना सांसदको मात्रै समर्थन भएका शंकर पोखरेललाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गरेका थिए । उनको सपथ रोक्ने क्रममा नाराबाजीमा उत्रेका साँसदहरुलाई डिआईजी धानुक आफैले हातपात गरेको साँसदहरुको आरोप छ ।
प्रतिक्रिया