रु रु जलविद्युतको शेयर आजदेखि कारोबारमा आउँदै, ओपनिङ्ग रेज्न कति ?

५ बर्ष अगाडि

काठमाडौं-रु रु जलविद्युत परियोजना लिमिटेडको शेयर धितोपत्र सूचीकरण विनियमावली अनुसार आज (सोमबार) देखि कारोबारमा आउने भएको छ  ।

आइतबार कम्पनीको ४० लाख ७७ हजार ५५ कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो ।

सर्वसाधारणलाई वितरण गरिएको ४ लाख ७ हजार ७०६ कित्ता, ओायजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दालाई वितरण गरिएको ४ लाख ७ हजार ७०५ कित्ता र कम्पनीका संस्थापकहरुले लगानी गरेको ३२ लाख ६१ हजार ६४४ कित्ता शेयर गरी सो बराबरको शेयर नेप्सेमा सूचीकृत भएको छ ।

कम्पनीको शेयरलाई नेप्सेले पहिलो कारोबारको लागि न्युनतम ११८ रुपैयाँ ८४ पैसा देखि ३५६ रुपैयाँ ५२ पैसा ओपनिङ्ग रेज्न निर्धारण गरेको छ । त्यसको आधारमा कम्पनीको शेयर कारोबार खुल्नेछ ।

कम्पनीको शेयरलाई आरयुआरयु कारोबार संकेत दिएको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया