आजबाट आन्तरिक उडान बन्द, अन्तर्राष्ट्रिय भने बुधबारदेखि

५ बर्ष अगाडि

काठमाडौं - आज मध्यरातिदेखि आन्तरिक उडान बन्द हुुने भएको छ  । कोरोना संक्रमण नियन्त्रणका लागि आजबाट सरकारले उडान बन्द गर्ने भएको हो । 

कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को सिफारिसमा मन्त्रिपरिषदले निर्णय गर्दै आन्तरिक उडानका साथै अन्तर्राष्ट्रिय उडानमा पनि रोक लगाइने भएको छ । 

बुधबार अर्थात् बैशा २२ गतेदेखि अन्तर्राष्ट्रिय उडान बैशाख मसान्तसम्मका लागि रोक्ने सरकारले निर्णय गरेको छ । सरकारले कोभिड–१९ संक्रमण भयावहरुपमा फैलिएको निष्कर्ष निकाल्दै आन्तरिक र अन्तर्राष्ट्रिय उडानमा बैशाख मसान्तसम्म रोक लगाउने निर्णय गरेको हो ।

आज राति १२ बजेदेखि सबै आन्तरिक उडान बन्द हुनेछन् । मुलुक पुनः लकडाउनमा गएसँगै सडक यातायातहरू बन्द भइसकेका छन् । यद्यपि केही जिल्ला वा क्षेत्रमा भने खुकुलै छन् ।

यससँगै अब भारतलगायत सबै देशसँगको अन्तर्राष्ट्रिय उडान रोकिने भएका छन् । भारतबाट हुने सम्पूर्ण उडान स्थगित भएको छ भने ब्राजिल र दक्षिण अफ्रिकाबाट हुने उडान पनि बन्द गर्ने निर्णय भएको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया