सीइडीबी हाइड्रोपावरको आईपिओमा माग भन्दा ८ गुणा बढी आवेदन, कति आवेदकले दिए आवेदन ?

५ बर्ष अगाडि

काठमाडौं - सीइडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको आर्इपीओमा माग भन्दा ८.०५ गुणा बढी आवेदन परेको छ ।

कम्पनीको आईपिओमा १ करोड ८८ लाख ६४ हजार ३०० कित्ताका लागि आवेदन परेको छ । सीडीएस एन्ड क्लियरिङ लिमिटेडका अनुसार आइतबार साँझ ५ बजेसम्ममा १२ लाख ११ हजार ३४० जना आवेदकले उक्त आवेदन दिएका हुन् । कम्पनीले वैशाख १७ गते बाट सर्वसाधारणका लागि २३ लाख ४१ हजार ९५४ कित्ता सेयर खुला गरेको हो । यसआधारमा, हालसम्म सर्वसाधारणले  दिइसकेका छन् ।
 
सीइडीबीले कुल २५ लाख १८ हजार २३० कित्ता आइपीओमध्ये  ५० हजार ३६५ कित्ता सेयर कर्मचारी र  १ लाख २५ हजार ९११ कित्ता सेयर म्युचुअल फन्डलाई छुट्याएर बाँकी सेयर सर्वसाधारणलाई जारी गरेको हो । यसमा प्रतिकित्ता १०० रुपैयाँका दरले आवेदन दिन पाइनेछ । 

मागभन्दा बढी आवेदन परिसकेकाले यो आइपीओमा वैशाख २१ गतेसम्म मात्र आवेदन दिन पाइनेछ । यसको बिक्री प्रबन्धक सनराइज क्यापिटल हो ।
 
लगानीकर्ताले आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मरोसेयरमार्फत अनलाइनबाट आवेदन दिन सक्नेछन् । 

५ बर्ष अगाडि

प्रतिक्रिया