आइतबार ५४ अंकले बढेर ६६५.११ को बिन्दुमा नेप्से, कारोबार रकम ७ अर्ब माथि

५ बर्ष अगाडि

काठमाडौं- कारोबारको पहिलो दिन (आइतवार) नेपाल स्टक एक्सेन्च (नेप्से)  परिसूचक ५४ अंकले बढेर २६६५.११ विन्दुमा पुगेको छ । 

आज २६११.८२ विन्दुबाट सुरु भएको कारोबार अन्तिम समयसम्म आउँदा २.०७ प्रतिशतले बढेर २६६५.११ विन्दुसम्म पुगेको छ । 

यसदिन कारोबारमा आएका १३ ओटा समूहगत परिसूचक बढ्दा अन्य समूहको परिसूचक सर्वाधिक ४.६३ प्रतिशत बढेको छ ।

आइतवार तीन ओटा कम्पनीको शेयरमूल्य सर्वाधिक बढेको छ । विशाल बजार कम्पनी र महिला लघुवित्तको ९.९८ प्रतिशत र सिंगटी हाइड्रो इनर्जीको ९.९२ प्रतिशत शेयरमूल्य बढेको हो । 

आज ७ अर्ब ३६ करोड ८ लाख रुपैंया बराबरको १ करोड ५८ लाख ३२ हजार ४०३ कित्ता शेयर कारोबार भएको छ । यो दिन २२६ ओटा कम्पनीको ८३ हजार ४०४ पटकको व्यापारमा उक्त रकम बराबरको शेयर कारोबार भएको हो ।

कुल कारोबारमा एनसीसी बैंकको सर्वाधिक हिस्सा रहेको छ । एनसीसी बैंकको ४२ करोड २ लाख ४३ हजार रुपैंया बराबरको ११ लाख ४५ हजार ७५३ कित्ता शेयर कारोबार भएको हो । सर्वाधिक रकमको कारोबार भएको दिन उक्त कम्पनीको शेयरमूल्य प्रतिकित्ता  १५ रुपैंयाले बढेर अन्तिम मूल्य ३६७ रुपैंया पुगेको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया