संकट टार्न संकटकाल लाग्न सक्ने

५ बर्ष अगाडि

काठमाडौं - सरकारले कुनैपनि बेला संकटकालको कदम चाल्न सक्ने संकेतहरु देखिएको छ । कोरोना भाइरसको महामारी सरकारका लागि संकटकाल लगाउने बहाना बन्न सक्ने देखिएको हो । 

नेकपा एमालेले नेतृत्व गरिरहेका प्रदेश सरकारहरु देखि केन्द्र सरकारमाथि संकट बढिरहँदा त्यसलाई टार्न पनि संकटकाल लाग्न सक्ने देखिएको छ । 

संकटकाल लगाएर कम्तिमा एक महिना सरकारले आफूमाथिको संकट टार्न सक्ने अवस्था रहन्छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संकटकाल लगाउन सक्ने सम्भावना देखिएको छ । त्यसका लागि कुनैपनि बेला प्रधानमन्त्री केपी शर्मा ओलीबाट आग्रह समेत हुनसक्ने बुझिएको छ ।

पछिल्लो समय महामारी भयावह बन्दैछ । देशका प्रमुख शहरहरुमा निषेधाज्ञा जारी गरिएको छ । अस्पतालहरु कोरोना संक्रमितले भरिएका छन् । 

स्वास्थ्य मन्त्रालयले नै थेग्न नसक्ने भयावह अवस्थाबारे जानकारी दिदै आएको छ । यी जानकारीहरु त्यसै आएका होइनन् । उपप्रधानमन्त्री इश्वर पोखरेलले स्थिति भयावह बन्न नदिन निर्देशन दिइसकेका छन् ।

प्रदेश देखि केन्द्रसम्म सत्तासंघर्ष चर्कदै गएको छ । प्रधानमन्त्री केपी शर्मा ओली कुनैपनि बेला आफूविरुद्ध अविश्वासको प्रस्ताव आउने बुझेर सक्रिय छन् । 

अविश्वासको प्रस्ताव आएमा एमालेभित्र फ्लोर क्रसको लहर नै चल्न सक्ने रिपोर्ट बालुवाटारमा पुगेको छ । यसलाई दृष्टिगत गरी एमालेका माधव नेपाल समूहका सांसदमाथि कारबाहीको तयारी समेत भएको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया