काठमाडौ- कारोबारको पहिलो दिन (आइतबार) नेपाल स्टक एक्सेन्च (नेप्से) कारोबारको तेस्रो घण्टा सम्म आँउदा झन्डै ४६ अंकको वृद्धि भएको छ ।
कारोबार सुरु भएको ३ घण्टामा नेप्से परिसुचक ४५.८० अंकले बढेर २६५६.९१ को बिन्दुमा पुगेको छ ।
सोही अवधीसम्म कारोबारका सबै उपसमुहमध्ये १ उपसमुह ओरालो लागेका छ।
दुई बजेसम्म कारोबारमा आएका २२२ कम्पनीको १ करोड १० लाख ४२ हजार८५ कित्ता शेयर ५८ हजार ३७७ पटक किन बेच हुदाँ ५ अर्ब १० करोड रुपैंया बराबरको कारोबार भएको छ ।
प्रतिक्रिया