रु रु जलविद्युतको साधारण शेयर नेप्सेमा सूचीकृत, सोमबारबाट कारोबार

५ बर्ष अगाडि

काठमाडौं - रु रु जलविद्युत परियोजना लिमिटेडको साधारण शेयर नेप्सेमा सूचीकृत भएको छ । आइतबार कम्पनीको ४० लाख ७७ हजार ५५ कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो ।

धितोपत्र सूचीकरण विनियमावली अनुसार कम्पनीको शेयर सोमबार देखि कारोबारमा आउनेछ ।

कम्पनीको शेयरलाई नेप्सेले पहिलो कारोबारको लागि न्युनतम ११८ रुपैयाँ ८४ पैसा देखि ३५६ रुपैयाँ ५२ पैसा ओपनिङ्ग रेज्न निर्धारण गरेको छ । त्यसको आधारमा कम्पनीको शेयर कारोबार खुल्नेछ ।

५ बर्ष अगाडि

प्रतिक्रिया