कारोबारको पहिलो घण्टा : नेप्सेमा हरियाली, ३ कम्पनीको शेयरमुल्यमा उच्च वृद्धि

५ बर्ष अगाडि

काठमाडौं-  कारोबारको पहिलो दिन (आइतबार) नेपाल स्टक एक्सेन्च (नेप्से) मा हरियाली छाएको छ ।

कारोबार सुरु भएको १ घण्टामा नेप्से परिसुचक ३०.५७ अंकले बढेर २६४१.३५ को बिन्दुमा पुगेको छ । 
 
सोही अवधीसम्म कारोबारका सबै उपसमुहमध्ये  सबै उपसमुह उकालो लागेका छन ।

 १२ बजेसम्म कारोबारमा आएका २०८ कम्पनीको २९ लाख ५१ हजार ६५६ कित्ता शेयर १८ हजार ३३४ पटक किन बेच हुदाँ १ अर्ब ५८ करोड ७८ लाख रुपैंया बराबरको कारोबार भएको छ । 

यस्तै, नेप्सेमा ३ कम्पनीको शेयरमुल्यमा उच्च वृद्धि भएको छ । आज सिंगटी हाइड्रो, महिला लघुवित्त र विशाल बजार कम्पनीको शेयरमुल्य ९ प्रतिशतभन्दा बढीले बढेको हो ।
 

५ बर्ष अगाडि

प्रतिक्रिया