११ सय ६२ मानिस र ४ सय ३८ सवारी कारबाहीमा

५ बर्ष अगाडि

काठमाडौं - आइतबार बिहान १० बजेसम्म १ हजार १ सय ६२ जना मानिसलाई नियन्त्रणमा लिएको महानगरीय प्रहरी कार्यालयले जनाएको ।

काठमाडौं उपत्यकाभित्र जारी रहेको निषेधाज्ञा लाई प्रभावकारी बनाउन प्रहरीले आइतबार थप सक्रियता देखाएको हो ।

यसरी सडकमा नियन्त्रणमा लिएको मानिसलाई आधा घण्टासम्म उभ्याएर केही समय सचेतना कक्षा लिएर छोड्ने गरेको छ  । त्यस्तै सवारी पास नभई अनावश्यक रूपमा सडकमा दौडिएका सवारी साधनलाई समेत नियन्त्रणमा लिएको छ ।

बिहान १० बजेसम्म काठमाडौं उपत्यकाभित्रका तीन वटै जिल्लाबाट ४ सय ३८ वटा सवारी नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ । २ सय ९२ वटा दुई पाङ्ग्रे र बाँकी बस तथा मझौला प्रकारका सवारी रहेका छन्  ।

यसरी नियन्त्रणमा लिएका सवारीलाई प्रहरीले साँझ ७ बजेपछि मात्र छोड्ने गरेको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया