कारोबारको २ मिनेटमै सिंगटी हाइड्रोको शेयरमुल्यमा उच्च वृद्धि शेयरमुल्य कति ?

५ बर्ष अगाडि

काठमाडौं- कारोबारको पहिलो दिन आइतबार  करोबार सुरु भएको दुई मिनेटमै सिंगटी हाइड्रो इनर्जीको शेयरमुल्यमा उच्च वृद्धि भएको छ  ।

आइतबार कम्पनीको शेयरमूल्य ९.९२ प्रतिशतले बढेर प्रतिशेयर ३९९ रुपैयाँ पुगेको हो ।

नेप्सेले दिएको ओपनिङ्ग रेन्जको आधारमा कम्पनी शेयर ३०० रुपैयाँबाट कारोबार खुलेको थियो । नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि प्रतिकित्ता न्युनतम १०० रुपैयाँ देखि ३०० रुपैयाँ ओपनिङ्ग रेन्ज प्रदान गरेको थियो ।

कम्पनीको शेयरमूल्य ९.९२ प्रतिशतले बृद्धि भएपछि खरिदकर्ताको उच्च चाप देखिएको छ । तर बिक्रीकर्ता भने शून्य रहेको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया