आजबाट थप ७ जिल्लामा निषेधाज्ञा, कुन - कुुन ?

५ बर्ष अगाडि

काठमाडौं - नेपालमा कोरोना भाइरसको दोस्रो लहरको संक्रमण तीव्र रुपमा बढन थालेको छ । यो सँगै यसको नियन्त्रणका लागि स्थानीय प्रशासनले धमाधम निषेधाज्ञा जारी गर्न थालेका छन् । 

मन्त्रिपरिषद्ले निषेधाज्ञा जारी गर्ने अधिकार सम्बन्धित जिल्ला प्रशासन कार्यालयलाई प्रत्यायोजन गरेपछि आइतबार थप ७ वटा जिल्लामा निषेधाज्ञा कायम गरिएको छ । योसँगै निषेधाज्ञा जारी भएका जिल्लाको संख्या ३० पुगेको छ ।

मकवानपुर, गुल्मी, प्युठान, काभ्रे, गोरखा, उदयपुर र बाजुरामा आइतबारबाट निषेधाज्ञा जारी भएको हो । यी जिल्लामा आंशिकदेखि पूर्ण रुपमा निषेधाज्ञा कायम गरिएको सम्बन्धित जिल्ला प्रशासन कार्यालयले जानकारी दिएका छन् ।

सरकारले सङ्क्रामक रोग नियन्त्रण ऐन २०२० को उपदफा २ बमोजिम पहाडी र हिमाली जिल्लामा २०० र काठमाडौँ उपत्यका तथा तराईमा ५०० सक्रिय सङ्क्रमित रहेका जिल्लामा जिल्लाभर वा निश्चित क्षेत्र तोकी प्रमुख जिल्ला अधिकारीले निषेधाज्ञा वा अन्य आवश्यक आदेश जारी गर्न सक्ने अधिकार दिएको थियो ।

सोही अधिकार प्रयोग गर्दै बाँके, सुर्खेत, काठमाडौँ, ललितपुर, भक्तपुर, कास्की, कैलाली, पर्सा, कञ्चनपुर, दाङ, पाल्पा, चितवन, रुपन्देही, र सुनसरीमा आदेश कार्यान्वयनमा छ । यस्तै, कालीकोट, बाग्लुङ, बर्दियामा र दार्चुलामा आंशिक आदेश जारी भएको छ । आदेश जारी भएका जिल्ला मध्ये कास्की, सुनसरी र झापामा सवारी साधनलाई जोरबिजोर प्रणालीमा सञ्चालन गरिने उल्लेख छ।

५ बर्ष अगाडि

प्रतिक्रिया