काठमाडौं - सरकारले जारी निषेधाज्ञामा पत्रकारलाई थप कडाइ गरेको छ । आज बसेको सिसिएमसी बैठकले काठमाडौं उपत्यका (काठमाडौं, ललितपुर र भक्तपुर) को हकमा सूचना तथा प्रसारण विभागबाट र अन्य जिल्लाका हकमा प्रमुख जिल्ला अधिकारीले जारी गरेको प्रेस पास मान्य हुने निर्णय गरेको हो ।
प्रेस कार्डको दुरूपयोग बढ्दै गएपछि उक्त निर्णय गरेको बताइएको छ । यसअघि सम्बन्धित मिडिया हाउसको कार्ड भए पुग्ने थियो ।
यसैगरी बैठकले निषेधाज्ञा जारी भएका काठमाडौं उपत्यका र ठूला शहरहरूमा बैंक तथा वित्तीय संस्थाहरूका एक चौथाइ शाखाहरूमा एक चौथाइ कर्मचारी राखी सञ्चालन गर्ने निर्णय गरेको छ ।
प्रतिक्रिया