इतिहासमै सबैभन्दा सस्तो हवाइ भाडा, कुन एयरको कति ?

५ बर्ष अगाडि

काठमाडौं - भद्रपुरबाट काठमाडौं आउने हवाइ भाडा इतिहासमै सबैभन्दा सस्तो भएको छ । अनिमेष ट्राभल्सका अनुसार शनिबार भद्रपुर–काठमाडौँ उडानको भाडादर इतिहासकै सबैभन्दा सस्तो भएको हो । 

प्रतियात्रु न्यूनतम् भाडा बुद्ध एयरले रु एक हजार ५००, यति एयरले रु एक हजार ३९५, सौर्य एयरले रु एक हजार ४०० र श्री एयरले रु एक हजार ४०० तोकेको छ ।

कोरोनाको नयाँ भेरियन्टको सङ्क्रमण उच्च विन्दुमा पुगिरहेको बेला भद्रपुरबाट राजधानी आउने यात्रु घटेका कारण भाडादर अहिलेसम्मकै कम भएको हो । 

सामान्यतया भद्रपुर–काठमाडौँको भाडादर न्यूनतम् रु तीन हजार रहने गरेको छ । तर, काठमाडौँबाट भद्रपुर जदाको हवाई भाडादर भने बढेर रु चार हजारदेखि रु नौ हजार २५० सम्म पुगेको छ ।

कोरोनाको महामारी र निषेधाज्ञाको अवस्थाका कारण यात्रु घटेको जनाउँदै एयरलाइन्सहरूले हवाई उडानसमेत कटौती गर्न थालेका छन् । 

शुक्रबारदेखि भद्रपुर–काठमाडौँ रुटमा बुद्ध एयरले दैनिक पाँच उडानमध्ये दुई उडान कटौती गरिसकेको छ । यति एयरले तीन उडानमध्ये एउटा कटौती गरेको छ । श्री एयरका दुई र सौर्य एयरको दैनिक एक उडान कायमै छ ।


 

५ बर्ष अगाडि

प्रतिक्रिया