कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसीं)ले १० मुलुकमा हुने अन्तर्राष्ट्रिय उडानमा रोक लगाउन सिफारीस गरेको छ ।
सीसीएमसीको शुक्रकार बसेको बैठकले कोरोना भाइरसबाट अति प्रभावित १० मुलुकमा नेपालसँग हुने सीधा अन्तर्राष्ट्रिय उडानमा रोक लगाउन मन्त्रिपरिषद्मा सिफारिस गरेको हो । सीसीएमसीको आन्तरिक उडान समेत बन्द गर्न सिफारिस गरेको छ ।
कोरोना अतिप्रभावित मुलुकहरु भारत, अमेरिका, बेलायत लगायतका दस मुलुकबाट हुने उद्गम स्थलको उडानलाई रोक लगाउन सिफारिस गरिएको पर्यटनमन्त्री भानुभक्त ढकालले बताए ।
प्रतिक्रिया