प्रधानमन्त्री केपी शर्मा ओलीले श्रमिकले पाउने न्यूनतम पारिश्रमिकमा वृद्धि गर्ने बताएका छन् । १३२ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसर पारेर ओलीले श्रमिकहरुको न्यूनतम पारिश्रमिक १५ हजार रुपैयाँ तोकेका हुन् ।
यसअघि नेपाली श्रम बजारमा श्रमिकको न्यूनतम पारिश्रमिक १३ हजार ४५० रुपैयाँ थियोे ।
श्रम दिवसको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले श्रमिकको आधारभूत पारिश्रमिक बढेको घोषणा गर्दै अब मासिक रुपमा काम गर्ने श्रमिकले मात्र नभएर दैनिक र घण्टामा काम गर्ने श्रमिकले समेत बढेको स्केल अनुसारको न्यूनतम पारिश्रमिक पाउने बताए ।
उनका अनुसार अब दैनिक ज्यालादारीमा काम गर्ने श्रमिकको दैनिक ५ सय १७ रुपैयाँ पाईरहेकोमा अबदेखि ५ सय ७७ रुपैयाँ पाउने छन् ।
त्यस्तै, हाल प्रतिघण्टा ६९ रुपैयाँमा काम गरिरहेकाले न्यूनतम ७७ रुपैयाँ पाउनेछन् ।
यद्यपि बढाइएको पारिश्रमिक आउँदो आर्थिक वर्ष २०७८र८९ देखि मात्र लागु हुने सरकारले जनाएको छ ।
पारिश्रमिक निर्धारण श्रमिक र रोजगारदाताका प्रतिनिधिहरूबीच हुनुपर्ने भए पनि लामो समयदेखि सहमति नभएपछि सरकारले हस्तक्षेप गर्नुपरेको प्रधानमन्त्री ओलीले बताए ।
प्रतिक्रिया